एमाले अध्यक्ष ओलीले सुरु गरे कौसी खेती


काठमाडौ : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा कौसी खेती सुरु गर्नुभएको छ । मध्यपुरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ एवं अन्य प्राविधिकहरुको उपस्थितिमा अध्यक्ष ओलीले कौसी खेती सुरु गर्नुभएको हो ।

उहाँले कौसी खेतीमा मध्यपुरथिमी नगरपालिकामै उत्पादन भएको जापानी प्रविधिको प्राङगारिक मल प्रयोग गर्नुभएको छ । राष्ट्रपति कार्यालय परिसरको बगैँचामा पनि यही मल प्रयोग हुँदै आएको छ । मध्यपुरथिमी नगरपालिकाले कुहिने फोहोरबाट उत्पादन गर्न थालेको यो मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटाको व्यावसायिक तरकारी खेतीमा प्रयोग हुँदै आएको ।

अध्यक्ष ओलीको कौसी खेतीमा जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मध्यपुर थिमी नगरपालिकाले कौसी खेतीलाई वैकल्पिक खेतीको रुपमा विकास गर्ने र आगामी १० बर्षभित्र असी प्रतिशत घरमा कौसी खेती प्रबर्द्वन गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । नगरपालिकाले कौसी खेती प्रबर्द्वनका लागि विभिन्न चरणमा तालिम दिईरहेको र यो बर्ष मात्र ५ सय जना महिलालाई तालिम दिने नगरपालिकाको योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार