बड्डिचौर खानेपानीका उपभोक्ताले मोबाइलबाटै मिटर रिडिङ तथा अनलाइनबाटै महसुल भुक्तानी गर्न सकिने

 652 पटक हेरिएको

सुर्खेत : बड्डिचौर सह लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीमा प्रविधि भित्र्याउदै उपभोक्ता मिटर रिडिङ तथा बिल भुक्तानी समेत अनलाइन माध्यमबाटै गर्ने भएको छ । यसका लागि बड्डिचौर सह लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अर्जुन कुमार बुचा मगर र दियालो टेक्नोलोजी प्रा. लि. का प्रबन्धक रोशन गौतम बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस प्रविधिको प्रयोगबाट खानीपानीको बिलिङ, लेखा व्यवस्थापन, स्टोर जिन्सी व्यवस्थापन, अनलाइन बिल भुक्तानी एवं मोबाइल डिभाईस मार्फत मिटर रिडिङ गर्न सकिने खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष अर्जुनकुमार बुचा मगरले जानकारी दिनुभयो । अब उपभोक्ताले खानेपानीको महसुल तिर्नका लागि संस्थाको कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने र ईसेवा, आईएमई पे, खल्ती जस्ता मोबाइल बैंकिङ एप्स मार्फत सजिलै बिल भुक्तानी गर्न सकिने अध्यक्ष मगरले बताउनुभयो ।

बड्डिचौर सह लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका करिब १२ सय घरपरिवार उपभोक्ता छन् । संस्थाले थप १२ सय घरपरिवारमा खानेपानी सेवा विस्तार गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेत, नगर विकास कोष, बराहताल गाउँपालिका तथा उपभोक्ताको संयुक्त लगानीमा खानेपानी आयोजना निर्माणको काम थालनी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार