काठमाडौको यी क्षेत्रमा दिनहुँ ३ घण्टा खानेपानी वितरण हुने (वितरण तालिका सहित)

काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेडको महाराजगञ्ज शाखाबाट पानी वितरण हुने सामाखुसी, दक्षिणकाली मन्दिर, रानीदेवी स्कुल लगायतको क्षेत्रमा भोलि (मंगलबार) देखि दिनहुँ ३ घण्टा पानी वितरण हुने भएको छ । महाराजगञ्ज शाखाले प्रकाशित गरेको वितरण तालिका अनुसार लाजिम्पाट, खुर्सानीटार, गैरीधारा, निलसरस्वती, खोलागाल, नानीगन्ज लगायत क्षेत्रमा पनि दिनहुँ पानी वितरण हुने जनाएको छ ।

यस्तै सामाखुसी बजार, कुमारी गल्ली, भित्री लाइन, गाइगोड प्रतिष्ठा गल्ली, सर्वभूमि, ओमशान्ति, कालो प्लटिङ, जलधारामार्ग, प्रहरी वृत्त महादेव मन्दिर, महाराजगन्ज लोकल पम्प बजार एरिया, सामाखुसी ६, असारा केन्द्र, चुलाचुली, बाँस झ्याङ, कुमारी गल्ली र बलुवाटार क्षेत्रमा पनि दिनहुँ नै पानी वितरण गर्ने केयूकेएल महाराजगन्ज शाखाले जनाएको छ ।

हेर्नुहोस् पानी वितरण तालिका :

महाराजगञ्ज शाखाबाटै वितरण हुने अन्य क्षेत्रमा भने एक दिन बिराएर दिनको तीन घण्टा पानी वितरण हुनेछ । ती क्षेत्रमा भने १५ गते दिउँसो २ बजेदेखि मात्र पानी वितरण हुनेछ ।

विस्तृतमा हेर्नुहोस् पानी वितरण तालिका :

गत असार १ गते आएको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माण गरी अस्थायी तरिकाले पथान्तरण गरिएको पानी हिजो (आइतबार) देखि मात्र वितरण गर्न थालेको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मीन भवन शाखाको पानीको आउटलेटको चाबी खोलेर मेलम्ची पानी वितरणको शुभारम्भ गर्नुभएको थियो ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार