त्रिपुरेश्वर शाखाले पनि निकाल्यो वितरण तालिका, अनामनगर ओभरहेड टैंकबाट वितरण हुने क्षेत्रमा २४सैं घण्टा पानी

काठमाडौ : काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनामनगर ओभरहेड टैंकबाट पानी वितरण हुने उपभोक्ताहरुलाई चौबीसै घण्टा पानी उपलब्ध गराउने भएको छ । त्रिपुरेश्वर शाखाले अनामनगर, घट्टेकुलो, बिजुलीबजार, माइतीघर र थापाथलीसम्म २४ सै घण्टा पानी उपलब्ध गराउने गरी वितरण तालिका प्रकाशन गरेको हो ।

गत बर्ष पनि अनामनगर क्षेत्रमा चौबीसै घण्टा पानी वितरण गरेको थियो । मानिसहरुको पानी उपभोग गर्ने प्रवृत्ति, पानीको उपयोगिता, प्रति व्यक्ति पानीको उपभोग दर लगायतको अध्ययन गर्न अनामनगर क्षेत्रमा चौबीसै घण्टा पानी उपलब्ध गराएको केयूकेएलले बताउदै आएको छ ।

यस्तै अनामनगर ओभरहेड टैंकबाटै वितरण हुने लगन, दलाक्षी, नायपाचों, न्यूरोड र त्रिपुरेश्वर एरियामा भने २ दिन बिराएर उपलब्ध गराउने उल्लेख छ । दैनिक कति समय पानी उपलब्ध गराउने ? त्यो भने केही उल्लेख गरेको छैन ।

हेर्नुहोस् यो तालिका :

यस्तै त्रिपुरेश्वर शाखाको क्षेत्रमा महांकाल चौरबाट वितरण हुने क्षेत्र, र मिनभवनबाट वितरण हुने क्षेत्रको पनि वितरण तालिका सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् यो तालिका :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार