वायुको गुणस्तरमा नेपाल विश्वकै तेस्रो खराब

वायु प्रदुषणबाट बर्षमै ४२ हजारले गुमाउँछन् ज्यान

  वास खबर सम्वाददाता  459 पटक हेरिएको

काठमाडौ : एक पटक घोत्लिएर सोचौं त ? बिषादीयुक्त तरकारी, प्रदुषणयुक्त हावापानीले तपाई हाम्रो आयु कसरी घटाईरहेको होला ? आँखाले हेर्दा पनि कुहिरो लागे जस्तो धुँलो धुँवा भित्र बाँच्न विवश तपाई हामी मध्ये वायु प्रदुषणकै कारण बर्षेनी धेरैले ज्यान गुमाउँछन् । नेपालमा सन् २०१९ मा वायु प्रदुषणबाट ४२ हजार १ सय जनाको ज्यान गएको आँकडा छ । त्यसपछिका बर्षहरुमा वायु प्रदुषणले अझ धेरैको ज्यान लिएको पनि हुन सक्छ ।

सन् २०२२ मा अमेरिकाको एयर युनिभर्सिटीले १८० वटा राष्ट्रहरुको वायुको गुणस्तर मापन गर्दा नेपाल १७७ औं स्थानमा परेको छ । बायु प्रदुषण हुने देशहरु मध्येमा नेपाल तेस्रो स्थानमा रहेको छ ।

नेपालमा वायु प्रदुषण गराउने क्रियाकलापहरु के – के छन् ? यसका कारण जनस्वास्थ्यमा के कस्ता असरहरु निम्तिन थालेका छन् ? वायु प्रदुषण हटाउन के सुझाव दिन्छन् नागरिक ? यसका लागि सरकारले केही प्रयास थालेका छन् कि ?

विस्तृतमा हेर्नुहोस् यो भिडियो रिपोर्ट :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार