बालेनको स्टाटसले सिंहदरबार भित्रै थन्कियो फोहोर

  वास खबर सम्वाददाता  673 पटक हेरिएको


काठमाडौ : काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको स्टाटसले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर भित्रै थन्किएको छ । काठमाडौंका मेयर शाहले शनिबार बिहान फेसबुकमा ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ भनेर लेखेका थिए ।

सहरी विकास अन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्दै आएको छ । मेयर शाहले फोहोर सिंहदरबारबाट फोहोर बाहिर ननिकाल्न निर्देशन दिएका कारण फोहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिनुभयो ।

सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ । सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उत्सर्जन हुने गरेको छ ।

काठमाडौं महानगर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले वडा तहमा कुनै छलफल नगरी फोहोर नउठाउन बालेनले ठाडो निर्देशन दिएको बताउनुभयो । ‘कर्मचारीहरूलाई फोहोर नउठाउन निर्देशन दिइएको रहेछ । त्यही भएर आज फोहोर नउठेको हो । मेरो वडामा भएको सिंदरबारभित्र फोहर नउठाउने भनेको कुरा उहाँकै फेसबुक स्टाटस पढेर थाहा पाएको हुँ’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार