यी हुन् प्रशोधित फोहोरपानीमा हुनुपर्ने पारामितिका सघनन् सीमा

  वास खबर सम्वाददाता  1609 पटक हेरिएको
🔗
297
Shares

काठमाडौ : सरकारले फोहोरपानी प्रशोधन केन्द्रबाट प्रशोधन भई उत्सर्जन हुने प्रशोधित फोहोरपानीको मापदण्ड राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रीपरिषद बैठकबाट गत चैत्र २८ गते स्वीकृत गरेको ‘प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९’ राजपत्रमा प्रकाशित गरेको हो ।

सरकारले खानेपानी तथा सरसफाइ ऐन, २०७९ को दफा ३६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी प्रशोधित फोहोरपानी सम्बन्धी मापदण्ड बनाएको हो । उपदफा (१) मा भनिएको छ ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खानेपानीको गुणस्तर र मापदण्ड तथा सरसफाइ सेवा सम्बन्धी मापदण्ड तोक्नेछ ।’

मापदण्ड अनुसार प्रशोधित फोहोरपानीको पि.एचको अत्याधिक सघनन् सीमा ६.० देखि ९.० सम्म हुनुपर्नेछ । यस्तै Total Suspended Solid (TTS) mg/L 60, Biological Oxygen Demand (BODs) mg/L 50 र E.Coli CFU/100 mL  अत्याधिक सघनन् सीमा १००० तोकेको छ ।

मापदण्डले फोहोरपानीको परिक्षण गर्नका लागि फोहोरपानी प्रशोधन केन्द भन्दा अगाडि वा पछाडिबाट लिईने नमूना संकलन विधि समेत तोकेको छ ।

विस्तृतमा हेर्नुहोस् प्रशोधित फोहोरपानीको मापदण्ड :

 

खानेपानी तथा सरसफाइ ऐन २०७९ को दफा ३७ ले फोहोरपानी मिसाउन नहुने व्यवस्था गरेको छ । सोही दफाको उपदफा १ मा भनिएको छ ‘कसैले तोकेको मापदण्ड विपरीत मानव मलमूत्र सहित वा रहितको फोहोरपानी ढल निकास प्रणालीमा विसर्जन गर्न वा मानव मलमूत्रलाई सिधै नदी, खोला, ताल, तलैया, जलाशय, मानव वस्ती वा सार्वजनिक जग्गामा मिसाउन वा पठाउन हुँदैन ।’

यस्तै उपदफा २ मा कसैले आफूबाट उत्सर्जन फोहोरपानी ढल निकास प्रणालीमा मिसाउनु पर्ने भएमा प्रशोधन गरी प्रचलित कानुन बमोजिम तोकेको मापदण्डको सीमा भित्र रही मिसाउनुपर्ने उल्लेख छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार