मेलम्ची खानेपानी दुई हप्ताका लागि बन्द हुने, तर बर्षायाममा भने नरोकिने

  वास खबर सम्वाददाता  2872 पटक हेरिएको
🔗
744
Shares


काठमाडौ : मेलम्चीको खानेपानी बढीमा दुई हप्ताका लागि बन्द हुने भएको छ । सुरुङको रेक्टिफिकेशन तथा बाढीले क्षतिग्रस्त हेडवर्क्स लगायतका संरचनाहरुको निर्माण गर्न यही जेठ १ गतेदेखि बढीमा दुई हप्ताका लागि सुरुङ बन्द गरिन लागेको हो ।

हेडवर्क्सको अल्प तथा मध्यकालीक पानी पथान्तरणका कार्यहरु नदी फर्काएरै गर्नुपरेकाले सो अवधिसम्मका लागि सुरुङ बन्द गरी काम गरिन लागेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।

परामर्शदाताका अनुसार उक्त निर्माण सुधारका लागि ८ देखि १५ दिन लाग्नेछ ।

बर्षायामको अन्त्य लगत्तै मेलम्ची नदीको पानी पथान्तरण गर्नु परेका कारण सुरुङको रेक्टिफिकेशनको कार्य तथा २०७८ सालको बाढीले क्षतिग्रस्त हेडवर्क्स लगायतका संरचनाहरुको स्थायी संरचना निर्माण गरिएको थिएन ।

उक्त संरचनाहरु निर्माण भएपछि सामान्य बाढीको समयमा समेत मेलम्चीको पानी राजधानीबासीलाई वितरण गर्न सकिने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले काठमाडौ उपत्यका खानेपानी लिमिटेडलाई लेख्नु भएको पत्रमा भनिएको छ ‘अल्प – मध्यकालीक पानी पथान्तरणका लागि आवश्यक उपायहरुका लागि गरिनुपर्ने निर्माण सुधारका कार्य गर्न ८ देखि १५ दिनको कार्ययोजना सहित परामर्शदाताबाट पानी पथान्तरण सो अवधिभर स्थगन गरी कार्यान्वयन गरिनुपर्ने भएकाले जेठ १,२०८० देखि उपरोक्त अनुसारको कार्यहरु सम्पादनका लागि चालु मेलम्ची पथान्तरण सो अवधिभरका लागि स्थगन गरिने व्यहोरा अग्रिम जानकारीका लागि अनुरोध छ ।’

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार