इच्छाकामनामा तीन वटा खानेपानी आयोजनाको सुरुवात, माघ मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य

  वास खबर सम्वाददाता  458 पटक हेरिएको


चितवन : चितवनको इच्छाकामना गाउँपालिका–७ मा खेतबारी खानेपानी योजनाको शिलान्यास गरिएको छ । ७१ लाख रुपैयाँ लागतको खानेपानी योजनाको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले शिलान्यास गर्नुभयो ।

इच्छाकामना गाउँपालिका, वाइन टु वाटर र जनसहभागितामा सञ्चालन हुने खानेपानीबाट ७१ घरपरिवार लाभान्वित हुनेछन् ।

यस्तै इच्छाकामनाकै वडा नम्बर २ स्थित छापडाँडाँ र दुम्किङ हेप्चे – मायाटार खानेपानी योजनाको पनि शिलान्यास गरिएको छ । एक घर एक धारा अभियान अन्तर्गत १९० घरधुरीका लागि दुईवटा खानेपानी योजनाको काम हिजो एकैसाथ आरम्भ गरिएको हो ।

गाउँपालिका ,स्थानीय उपभोक्ता र साझेदार संस्था वाइन टु वाटरको साझेदारीमा सम्पन्न हुने योजनाको लागत १ करोड ७९ लाख ७३ हजार रहेको छ । दुवै योजना माघ मसान्त भित्र सम्पन्न हुने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार