मेलम्चीको पानी सुरुङमा पथान्तरण, माघ १ गतेदेखि काठमाडौमा वितरण गरिने

  वास खबर सम्वाददाता  743 पटक हेरिएको
🔗
80
Shares

काठमाडौं : मेलम्चीको पानी सुरुङमा पथान्तरण गरिएको छ । बुधबारदेखि नै पानी पथान्तरण सुरू गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयो । तर यो पानी वितरणका लागि नभई सुरूङ सफा गर्ने प्रयोजनका लागि पथान्तरण गरिएको हो। गेग्रान भरिएको एक नम्बर गेट सफा गरेर पानी पठाउन सुरू गरिएको र सफा पानी बग्न थालेपछि नियमित प्रक्रियाबाट पानी आउने उहाँले बताउनुभयो ।

सुरूङबाट सफा पानी बग्न थालेपछि प्रतिसेकेन्ड दुई हजार लिटर पानी पठाउन सुरू गरिने प्रवक्ता पन्तले बताउनुभयो । अहिले प्रति सेकेन्ड ६०० लिटर पानी मात्र पठाईएको छ।

सुरूङ सफा भइसकेपछि दैनिक १७ करोड लिटर पानी काठमाडौं पथान्तरण हुने पन्तले बताउनुभयो । ‘अघिल्ला वर्षहरूमा अलि अलि गरेर पानी पठाएका थियौं। यसपटक पनि हामी त्यसैगरी पानी पठाउनेछौं। माघ १ गतेसम्म काठमाडौंमा पानी वितरण गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबीच २८ दिनभित्र काठमाडौंमा पानी पथान्तरण गर्ने गरी सम्झौता भएको थियो। दुई सिफ्टमा काम गरेर भए पनि पुस मसान्तभित्र पानी पथान्तरण गरिसक्ने आयोजनाको लक्ष्य थियो।

२०८० साल असार ८ गते बर्षायामको जोखिमलाई मध्यनजर गरी सुरुङ मार्फत मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो । २०८० साल साउन २८ र साउन २९ गतेको बाढीले मेलम्चीको हेडवर्क्समा क्षति पुर्‍याएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार