लुम्बिनीको बजेट : दुर्गम र पिछाडिएको वस्तीका लागि ‘खानेपानी क्षेत्र विशेष कार्यक्रम’

  वास खबर सम्वाददाता  401 पटक हेरिएको

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले प्रदेशले ‘खानेपानी क्षेत्र विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका दुर्गम, पिछडिएका तथा खानेपानीको सहज पहुँचबाट वञ्चित भएका वस्तीहरुमा खानेपानी सेवा विस्तार गर्न यस्तो कार्यक्रम ल्याएको हो।

लुम्बिनी प्रदेशसभाको चौँथो अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्दै प्रदेशमा सुरक्षित खानेपानी सेवाको पहुँच वृद्धि गर्न खानेपानी गुणस्तर सुधार कार्यक्रम सञ्चालन र सुरक्षित खानेपानीयुक्त समुदाय निर्माण कार्यको साथै प्रदेश प्रशासनिक परिसर भित्र सुरक्षित खानेपानीको व्यवस्था गरिने बताउनुभयो।

यस्तै लुम्बिनी प्रदेशका एक घर एक धाराको संकल्प पूरा गर्न स्थानीय तहसँग सहलगानी/सहकार्यको माध्यमबाट ‘जनतासँग प्रदेश सरकार खानेपानी विकास कार्यक्रम’ सञ्चालन गर्न एवं सघन खानेपानी विकास कार्यक्रमलाई निरन्तरता दिने बजेटमा उल्लेख गरिएको छ।

लुम्बिनी प्रदेशको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै उच्च, दिगो आर्थिक वृद्धि सहितको आर्थिक स्थायित्व कायम गर्दै आर्थिक विकासमा जोड दिइएको छ ।

विस्तृतमा हेर्नुहोस् बजेटको पूर्ण अंश :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार