सुदुरपश्चिम सरकारले जलाधारदेखि धारासम्म पानी शुद्धिकरण कार्यक्रम सञ्चालन गर्ने

  वास खबर सम्वाददाता  628 पटक हेरिएको
🔗
46
Shares


धनगढी : सुदुरपश्चिम प्रदेश सरकारले सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्न ‘जलाधार देखि उपभोक्ताको धारासम्म पानी शुद्धिकरणको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुदुरपश्चिम सरकारले खानेपानी सेवाको गुणस्तर सुधार गरी खानेपानी सेवा विस्तार गर्न समुदायमा आधारित खानेपानी आयोजनाहरु, सामुदायिक विद्यालय एवं स्वास्थ्य संस्थामा खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई विशेष प्राथमिकता दिन लागेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । त्यसमध्ये खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका लागि १ अर्ब ९२ करोड विनियोजन गरेको छ ।

आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा कुल बजेटमा पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार बजेट विनियोजन गरिएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा वित्तिय हस्तान्तरण मार्फत खानेपानीका स्रोतहरुको संरक्षण र पुनर्भरण कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ।

विस्तृतमा हेर्नुहोस् बजेटको पूर्ण अंश :

https://washkhabar.com/np/wp-content/uploads/2024/06/Sudur.pdf

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार