काठमाडौ : सरकारले संघीयताको मर्म विपरित ५० हजार रुपैयाँ लागत लाग्ने साना प्रकृतिको खानेपानी आयोजना समेत संघीय सरकारले कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरेको छ। आगामी आर्थिक बर्षको बजेटमा संघीय सरकारबाट कार्यान्वयन गरिने तीन वटा खानेपानी आयोजनाहरुलाई ५०/५० हजारका दरले बजेट विनियोजन गरेको हो।
खानेपानी मन्त्रालयको रातो किताब अनुसार खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत सिन्धुलीको टोड्के लाङ्दी खानेपानी आयोजना सुनकोशी ५, रामेछापको खाँडादेवी ६ लिफ्ट खानेपानी आयोजना र रामेछापकै वन सिम स्वारा टोल खानेपानी आयोजना सुनपाती गाउँपालिका १ को लागि ५०/५० हजार रुपैयाँ विनियोजन गरेको छ।
खानेपानी सेवा तथा सरसफाइ सँग सम्बन्धित राष्ट्रिय प्रकृतिका ठूला तथा जटिल प्रकृतिका आयोजना, सहलगानीमा निर्माण हुने तथा वैदेशिक सहायताका आयोजना तथा एक भन्दा बढी प्रदेशसँग सम्बन्धित आयोजना मात्र संघीय सरकारले कार्यान्वयन गर्ने भनिए पनि कानुन विपरित साना प्रकृतिको खानेपानी आयोजना समेत संघीय सरकारले कार्यान्वयन गर्ने गरी बजेट राखेको हो ।
साना प्रकृतिको खानेपानी आयोजनामा बजेट विनियोजन नगर्न सरोकारवालाले पटक पटक सल्लाह दिँदा समेत संघीय सरकारबाट कार्यान्वयन गरिने ५२ वटा खानेपानी तथा सरसफाइ आयोजनालाई एक लाख रुपैयाँको दरले मात्र बजेट विनियोजन गरेको छ ।
यस्ता साना प्रकृतिका योजना खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम र खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गतका धेरै छन् । खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम अन्तर्गत आगामी आर्थिक बर्षमा कार्यान्वयन गरिने १४३ वटा खानेपानी आयोजना मध्ये ४३ वटा खानेपानी आयोजना १ लाख रुपैयाँका छन् ।
एक लाख रुपैयाँका खानेपानी योजनाहरु :
१. मधुमल्ला वृहत खानेपानी गुणस्तर सुधार आयोजना मोरङ
२. बुद्ध शान्ति खानेपानी गुणस्तर सुधार आयोजना झापा
३.रानीगञ्ज १ खानेपानी गुणस्तर सुधार आयोजना लालबन्दीका १७ सर्लाही
४. मौलापुर खानेपानी, गुणस्तर सुधार आयोजना रौतहट
५. राजपुर खानेपानी सुधार खानेपानी आयोजनाका रौतह
६. बगही खानेपानी तथा गुणस्तर सुधार आयोजना रौतहट
७. भैसही खानेपानी गुणस्तर सुधार आयोजना रौतहट
८. कल्याणपुर खानेपानी आयोजना माडी ६ चितवन
९. तीनथाना चन्द्रगिरी १५ खानेपानी गुणस्तर सुधार आयोजना काठमाडौ
१०. मातातीर्थ खानेपानी गुणस्तर सुधार आयोजना काठमाडौ
११. तीनधारा खानेपानी गुणस्तर सुधार आयोजना काठमाडौ
१२. नासीढोका खानेपानी गुणस्तर सुधार आयोजना काठमाडौ
१३. मेलम्ची जागेश्वरी डिटार खानेपानी गुणस्तर सुधार आयोजना सिन्धुपाल्चोक
१४. कटुन्जे सुवर्णेश्वर खानेपानी गुणस्तर सुधार भक्तपुर
१५. बालकोट खानेपानी आयोजना भक्तपुर
१६. पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना काभ्रेपलान्चोक
१७. सिमखर्क खानेपानी आयोजना सिन्धुपाल्चोक
१८. धुलिखेल खानेपानी आयोजना धुलिखेल ३ काभ्रे
१९. पाँचखाल खानेपानी गुणस्तर सुधार आयोजना पाँचखाल ३ काभ्रे
२०. धमिलीकुवा खानेपानी आयोजना लम्जुङ
२१. बेसीशहर खानेपानी आयोजना लम्जुङ
२२. कामीडाँडा खानेपानी आयोजना गोरखा
२३. बलिथु बेसी आत्मानिर्भर खानेपानी लम्जुङ
२४. कुश्मा बजार खानेपानी पर्वत
२५. पातिचौर खानेपानी आयोजना पर्वत
२६. सातमुहाने चैनपुर खानेपानी आयोजना कास्की
२७. सिसाघाट खानेपानी गुणस्तर व्यास नगरपालिका ६ तनहुँ
२८. शंकरपोखरी खानोपनी आयोजना पर्वत
२९. दुबिया घनचौरा लिफ्टिङ खानेपानी आयोजना बुद्धभूमि ३ चनचौरा कपिलवस्तु
३०. अमर अर्वाथोक खानेपानी गुणस्तर सुधार गुल्मी
३१. छोरपानी घरथुम लिफ्टिङ खानेपानी आयोजना गुल्मी
३२. तातोपानी खानेपानी आयोजना बगनसकाली पाल्पा
३३ं ख्याहा देउराली खानेपानी सुधार रिब्दिकोटा पाल्पा
३४. कारकादो वृहत खानेपानी गुणस्तर सुधार आयोजना बाँके
३५. विराट खानेपानी आयोजना बाँके
३६. सानोश्री खानेपानी मधुवन नगरपालिका ९ बर्दिया
३७. शमसेरगन्ज खानेपानी आयोजना कोहलपुर १४ बाँके
३८. झलारी खानेपानी आयोजना शुक्लाफाँट नगरपालिका १० झलारी कन्चनपुर
३९. बचेला डमरिया खानेपानी आयोजना लम्कीचुहा ८ कैलाली
४० बडिगाउँ खानेपानी आयोजना महोन्याल ७ कैलाली
४१. बाघमारा खानेपानी गुणस्तर आयोजना लम्कीचुहा ६ कैलाली
४२. बलिया खानेपानी गुणस्तर सुधार खानेपानी लम्कीचुहा ७, कौवापुर कैलाली
४३. ओखडेकोट खानेपानी आयोजना मोहन्याल ७ कैलाली
यस्तै खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत पनि ९ वटा खानेपानी आयोजनालाई एक लाखका दरले बजेट विनियोजन गरेको छ । ती सबै खानेपानी आयोजना संघीय सरकारले कार्यान्वयन गर्ने खानेपानी आयोजनाहरु हुन् ।
१. दुल्लु वृहत खानेपानी आयोजना साङ्टा दुल्लु ८ दैलेख
२. सुवाखान खानेपानी आयोजना आलिताल ६ डडेलधुरा
३. तुसरानी खल्याडी बुङलखेत २, बानिगाउँ ३ बुडतिमला र नागचौपाती नाग खानेपानी आयोजना सुधार विस्तार
४. तल्लो सोराड पन्चेश्वर खानेपानी आयोजना पन्चेश्वार गाउँपालिका बैतडी
५. महाकाली नगरपालिका ८, वृहत खानेपानी आयोजना महाकाली नगरपािलका ८ दार्चुला
६. बगरखोला गनेडा खानेपानी योजना डडेलधुरा
७. धौलाकोट खानेपानी आयोजना गन्यापधुरा गाउँपालिका १ डडेल्धुरा
८. कैलुन जाजरखोला नाउली खानेपानी, मेलौडा वडा नंं. २ डडेल्धुरा
९. पृथ्वीवस्ती क गाउँ खानेपानी आयोजना कन्चनपुर
सरकारले खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत ९७६ वटा खानेपानी आयोजना कार्यान्वयन गर्ने भएको छ । आर्थिक बर्ष २०८१/०८२ का लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्दा खानेपानी तथा सरसफाइ क्षेत्रको लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ।
विस्तृतमा हेर्नुहोस् रातो किताब :