स्वर्गद्धारी नगरपालिकाले लगायो प्लाष्टिकका माला प्रयोगमा रोक

  वास खबर सम्वाददाता  82 पटक हेरिएको

बुटवल : स्वर्गद्धारी नगरपालिका प्यूठानले नजिकिँदै गरेको तिहारमा प्राकृतिक फूलका मालाहरू प्रयोग गर्न नगरबासीलाई आग्रह गरेको छ। प्लाष्टिकका मालालाई विस्तारै विस्थापित गर्दै जाने नीति अनुसार भाइटीकाको दिन नगरक्षेत्रमै खेती गरिएका प्राकृतिक फूलका मालाहरू प्रयोग गर्न पालिकाले सार्वजनिक आह्वान गरेको हो।

विभिन्न चाडपर्व, सेमिनार, गोष्ठी जस्ता कार्यक्रममा प्लाष्टिकका मालाको विकल्पमा फूलका मालाहरू प्रयोग गर्नका लागि नगरवासीलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले जानकारी दिनुभयो।

नगरपालिकाले कृषि विकास शाखा अन्तर्गत चालू आर्थिक वर्षमा विपन्न महिलाहरूका लागि फूलखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत तिहार लक्षित फूल खेती भइरहेको रिजालले बताउनुभयो। नगरपालिकाको योजना अनुसार वडा नम्बर ७ स्थित सोत्रे डावरका किसान तिलकराम कालाथोकीले व्यावसायिक सयपत्री फूलको खेती गरेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार