नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने आशिर्वाद पेन्ट्स प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम सार्वजनिक स्थानमा फोहोर फ्याँकेको कसुरमा पेन्ट्सलाई जरिवाना गरेको हो ।
नेपालगञ्ज उपहानगरपालिका वडा नम्बर १७ परस्पुर र ढोडेगाउँ बीचमा रहेको दोदरा नालामा सार्वजनिक स्थान दुर्गन्धित हुने गरी फोहोर फाल्ने ग. १ ख. ६४३ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरले कारवाहीका लागि नेपालगन्ज उपमहानगरपालिकामा पठाएको थियो ।
अभिनब बर्माले सामाजिक संजाल ुफेसबुकु मा सामग्री पोष्ट गरेर जानकारी गराए पश्चात नगर प्रहरीको पहलमा ट्राफिक प्रहरीले गाडी समातेको हो । नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोमैला फाल्ने विरुद्ध शून्य सहनशिलताको नीति लिएको बताउँदै लुकीछिपी फोहोर फालेको देखेमा जानकारी गराउन आग्रह गर्नुभयो।
विष्टले नगर सफा राख्नु सबै नगरबासीको साझा दायित्व भएको भन्दै फोहोरमैलाको उचित व्यवस्थापनका लागि सबै गम्भीर बन्नुपर्ने बताउनुभयो।