चाँगुनारायणको वडा वडामा फोहोरमैला व्यवस्थापन सम्बन्धी व्यवहार परिवर्तन अभियान

  वास खबर सम्बाददाता  267 पटक हेरिएको

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा ‘फोहोरमैला व्यवस्थापन अन्तर्गत व्यवहार परिवर्तन सम्बन्धी सचेतनामूलक अभियान’ सञ्चालन गरेको छ । घरायसी फोहोरलाई स्रोतमै वर्गीकरण गरी नगरपालिकालाई स्वच्छ र सफा राख्ने अभियानमा सघाउ पुर्‍याउने उद्देश्यले नगरपालिकाको ९ वटै वडामा अभियान सञ्चालन गरिएको नगरपालिकाका वास सहजकर्ता मेनुका थापाले जानकारी दिनुभयो । ‘फोहोर प्रति परम्परागत धारणा र व्यवस्थापन सम्बन्धी बानी व्यबहारमा परिवर्तन ल्याई नगरपालिकाले लिएको पूर्ण सरसफाइ अभियानलाई थप बल पुग्ने गरी यो अभियान सञ्चालन गरिएको हो’ उहाँले भन्नुभयो।


नगरपालिकाले ‘सफा सुग्घर घर आँगन सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनाराणको माटो’ भन्ने नारा सहित पूर्ण सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

उपत्यकामा फोहोर व्यबस्थापनको क्षेत्रमा कार्यरत नेप्सेम्याक सेवा प्रा.लि. र नेपाल स्वच्छ वातावरण सृजना केन्द्रको सहजीकरण तथा चाँगुनारायण नगरपालिका, खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) शाखाद्वारा आयोजित अभियानमा ‘मेरो खल्ती मेरो पहिलो डस्ट बिन’ नारा दिईएको छ ।

सा-साना फोहोरका टुक्राहरु जथाभावी बिसर्जन गर्दा धेरै फोहोर देखिने र त्यसलाई व्यवस्थापन गर्न पनि निक्कै गाह्रो हुने भएकाले पहिलो डस्टबिनको रुपमा आफ्नो खल्तीलाई नै प्रयोग गरौं भन्ने सन्देश प्रवाह गर्न यस्तो नारा दिईएको वास शाखाका संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा तथा टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरुको सहभागिता थियो । चाँगुनारायण नगरपालिकामा खुला दिसामुक्त अभियानका क्रममा गठन भएका वडा तथा टोल स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु अहिले पनि क्रियाशील छन् । उक्त समितिहरु पुनर्गठन गर्ने, तालिम दिएर क्रियाशील बनाउने र कर्तव्य प्रति उत्तरदायी बनाउने कार्यमा नगरपालिकाको वास शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।


व्यवहार परिवर्तन सम्बन्धी सचेतनामूलक अभियानमा पूर्ण सरसफाइ/नमुना समुदाय सम्बन्धी वास शाखाका संयोजक सुरेन्द्र लामिछानेले सहजीकरण गर्नु भएको थियो ।

यस्तै फोहोरमैला व्यवस्थापन चुनौती र अवसरका बिषयमा नेप्सेम्याक सेवा प्रा.लि.का शाखा प्रबन्धक बाबुराम चौलागाई, वातावरणीय सरसफाइ र फोहोर बर्गीकरणको प्रयोगात्मक फिल्ड अभ्यासबारे नेप्सेम्याक सेवा प्रा.लि.का संयोजक गोविन्द प्रसाद आचार्य र खानेपानी, उसरसफाइ र स्वच्छता क्षेत्रको कारण र परिणाम विश्लेषण वास सहजकर्ता मेनुका थापाले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा कम्पोष्ट मल बनाउने विधि र हैजा सम्बन्धी सन्देशमूलक भिडियो समेत प्रस्तुतीकरण गरिएको थियो।

सहभागीहरुद्वारा वडा कार्यालय परिसरको सरसफाइ समेत गरिएको थियो ।

कार्यक्रम सँग सम्बन्धित थप फोटाहरु :

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार