फोहोर व्यबस्थापन गर्न बार्षिक ५० हजार अमेरिकी डलर सहयोग

  वास खबर सम्बाददाता  217 पटक हेरिएको

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकालाई ‘सोलु चाम नामक’ गैरसरकारी संस्थाले फोहोरमैला व्यवस्थापनका लागि वार्षिक ५० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ ।

सोलुखुम्बुको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको शेर्पा बालबालिका संघको सहजीकरणमा सोलु चाम र नगरपालिका बीच फोहोरमैला व्यवस्थापन सम्बन्धी सम्झौता भएको हो।

सम्झौता पत्रमा  सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा र शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाले हस्ताक्षर गर्नुभएको छ ।

उक्त रकमबाट नगरपालिकाका ५ वटा वडामा फोहोरमैला व्यवस्थापन, फलफूलको वृक्षरोपण, विद्यालयहरुमा विविध शैक्षिक कार्यक्रम सन्चालन गरिने सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनु भयो।

चालु आर्थिक वर्षमा संघले ५० हजार अमेरिकी डलर शेर्पा बालबालिका संघ मार्फत् खर्च गर्ने र प्रभावकारी काम भएमा आगामी वर्षहरूमा पनि सम्झौता नवीकरण गर्दै जाने शेर्पा बालबालिका संघ अध्यक्ष शेर्पाले बताउनुभयो ।

यो परियोजना नगरपालिकाका लागि पाइलट प्रोजेक्ट भएकाले यसको प्रभावकारिता हेरेर अगाडि बढ्ने मेयर शेर्पाले बताउनुभयोे । उहाँले यो परियोजनाबाट नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्न सघाउ पुग्ने बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार