खानेपानी आयोजनाका लागि ३३ अर्बको स्रोत सहमति माग गर्दा ११ अर्बको मात्र आश्वासन

  वास खबर सम्बाददाता  252 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालयले चालु आर्थिक बर्ष तयारी चरण पुरा भएका आयोजनाहरुका लागि ३३ अर्बको स्रोत सहमति माग गर्दा ११ अर्बको मात्र स्रोत सहमतिको आश्वासन पाएको छ । करिब १० लाख जनसंख्या लाभान्वित हुने आयोजनाका लागि अर्थ मन्त्रालयबाट करिब ११ अर्बको मात्र स्रोत सहमतिको आश्वासन प्राप्त भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई खानेपानी मन्त्रालयको वर्तमान अवस्था, प्रगति, समस्या र समाधानका उपायहरु तथा भावी कार्ययोजनाको बारेमा ब्रिफिङ गर्ने क्रममा खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्यले सो जानकारी गराउनुभयो ।

सचिव बज्राचार्यले करिब ३५ अर्व रकम बराबरको डिपीआर तयार गरी १२५ वटा योजनाहरुको स्रोत सहमतिको लागि अर्थ मन्त्रालय पेश भएको र त्यसको सहमति छिटो हुनुपर्ने जानकारी गराउनुभयो ।

बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट खानेपानी तथा सरसफाइ प्रणालीहरूमा पुगेको क्षतिको मर्मत सम्भार एवं पुनर्स्थापना गर्न तत्काल करिब ५ अर्व ६० करोड आवश्यक पर्ने । उक्त क्षतिको पुनर्स्थापनाबाट २५ लाख जनसंख्या लाभान्वित हुने उहाँले जानकारी गराउनुभयो ।

यस्तै तयारी पूरा नभएका आयोजनाहरुबाट करिव ६ अर्ब रुपैयाँ रकमान्तर गर्न पनि आग्रह गर्नुभयो। निर्माणाधीन आयोजनाहरुमा कम बजेट बिनियोजन भएकोले त्यसलाई रकमान्तर गरी निर्माणाधीन खानेपानी आयोजनाहरुलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

सरकारले चालु आर्थिक बर्ष २०८१/०८२ को बजेटमा खानेपानी तथा सरसफाइ क्षेत्रको लागि २६ अर्ब ६३ करोड मात्र बजेट विनियोजन गरेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार