खानेपानी मन्त्रालयमा आगलागी, ३ कोठाका कागजात जलेर नष्ट

  वास खबर सम्बाददाता  371 पटक हेरिएको

 

काठमाडौं : सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेत रहेको भवनको चौथो तलामा खानेपानी मन्त्रालय रहेको छ । मन्त्रालयका तीनवटा कोठामा क्षति भएको छ । प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजात समेत जलेर नष्ट भएको प्रहरी स्रोतको भनाइ छ ।

क्षतिको पूर्ण विवरण आइनसके पनि खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो । सिंहदरबार सुरक्षा गणका प्रमुख प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो ।

चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्ष समेत रहेको छ । अरु कुन-कुन कार्यकक्ष के कति क्षति भयो भन्ने विवरण आईसकेको छैन । सिंहदरबार प्रहरीका अनुसार आगलागी के कारणले भएको थियो भन्ने बारे खुलेको छैन ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार