दोस्रो त्रैमासिक अवधिमा खानेपानी मन्त्रालय र मातहत निकायको खर्च कति ?

  वास खबर सम्बाददाता  351 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालयले मन्त्रालय र मातहतका निकायहरुको दोस्रो त्रैमासिक अवधिसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । खानेपानी मन्त्रालयको वेभसाईटमा सार्वजनिक दोस्रो त्रैमासिक अर्थात पुस मसान्तसम्मको विवरण अनुसार सबैभन्दा धेरै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुले खर्च गरेका छन् ।

देशभरिका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुले १० करोड ६८ लाख ४ हजार खर्च गरेका छन्। यो कुल रकमको ४०.४५ प्रतिशत हो । यस्तै सबैभन्दा कम खर्च काठमाडौ उपत्यका थोक खानेपानी प्रसारण आयोजना (दोस्रो) को छ । आयोजनाले पुस मसान्तसम्म १ करोड ३६ लाख ९ हजार रुपैयाँ मात्र खर्च गरेको छ । यो १.१५ प्रतिशत मात्र हो ।

हेर्नुहोस् कुन बजेट उपशीर्षकमा कति खर्च ?


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार