तनहुँ कारागारमा मागको आधा मात्र खानेपाानी आपूर्ति

  वास खबर सम्बाददाता  321 पटक हेरिएको
🔗
9
Shares

तनहुँ : तनहुँ कारागारमा पानी अभावले बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई निकै अप्ठ्यारो परेको छ । कारागारमा दैनिक ४० हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटर मात्रै आपूर्ति भइरहेको समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी हुँदा पानीको समस्या सरसफाइ व्यवस्थापन सास्ती भएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, “दैनिक आवश्यकताभन्दा २० हजार लिटर कम पानी आपूर्ति हुँदा समस्या झेल्नु परेको छ ।’’ मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै आएकामा नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी हुँदा समस्या भएको अधिकारीले बताउनुभयो ।

पानीको आपूर्ति बढाउन कारागार विभागले विनियोजन गरेको २० लाख रुपियाँबाट नयाँ इनार खन्नुपर्ने काम भइरहेको र करिब ८० प्रतिशत काम पुरा भएको उहाँले जानकारी दिनुभयो ।

मादी र सेती नदीको किनारबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाइ तथा शौचालयका लागि उपयोग गरिन्छ । पिउनका लागि भने कारागारभित्र दमौली खानेपानी तथा उपभोक्ता संस्थामार्फत चार वटा धारा जडान गरिएको छ । अधिकारीका अनुसार कारागारमा महिला र पुरुष गरी तीन सय २९ कैदीबन्दी रहेको खबर गोरखापत्रले प्रकाशन गरेको छ। महिला कारागारमा आमासँग दुई बालिका पनि आश्रित छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार