घरभित्रबाट निस्किने फोहोरको स्रोत पहिचान, समाधानका लागि कार्ययोजना निर्माण

  वास खबर सम्बाददाता  381 पटक हेरिएको
🔗
34
Shares


पोखरा : पोखरा महानगरपालिकाको वडा नं ३२ स्थित खुदीखोला बस्तीका समुदायले घरभित्रबाट निस्किने फोहोरको स्रोतको पहिचान गरी समाधानको लागि कार्ययोजना समेत बनाएका छन्। ‘सहभागितामूलक सूचना संकलन तथा अवस्था विश्लेषण कार्ययोजना’ बिषयक कार्यक्रममा सहभागी विभिन्न टोल विकास संस्थाले फोहोरको स्रोतको पहिचान गरी समाधानको उपाय खोजी गरेका हुन्।

सहभागीले घरभित्रबाट निस्किने फोहोरहरुमा सबैभन्दा बढी बजारबाट भित्रिने बस्तुका कारण उत्सर्जन हुने गरेको, यस्तै प्रयोग गरिएको सामग्रीहरु उचित व्यवस्थापन नभएको र पशुपंपक्षीबाट निस्किने फोहोरहरु, भान्छाबाट निस्किने फोहोरहरु र बृद्ध तथा बच्चाको डाइपर तथा महिलाले प्रयोग गरेका प्याडहरु फोहोरको स्रोत भएको पहिचान गरेका छन् ।

प्रत्यक्ष अंकाणुगत अनुसार समस्याको प्राथमिकीकरण गर्दा बजारबाट भित्रिने बस्तुबाट धेरै फोहोर निस्किने, दोस्रोमा भान्छाबाट निस्किने फोहोर र तेस्रोमा पशुपंक्षीबाट निस्कने फोहोरले धेरै फोहोर उत्पादन हुने गरेको पाईएको छ ।

सहभागीले त्यसपछि सरसफाइ सम्बन्धीको समस्याको वृक्ष बनाएका थिए । जसमा घरको फोहोर व्यवस्थापन नगर्दा घर तथा समाज फोहोर हुनु, रोगहरुको संक्रमण बढ्नु, प्राणघातक रोगहरु बढ्नु, मान सम्मान घट्नु, सरसफाइ सम्बन्धी कार्यक्रमहरु नआउनु लगायत औल्याएका थिए ।

कार्यक्रममा सहभागितात्मक विधिबाट समस्या समाधानको उपाय समेत निकालेका छन् ।

समाधानको उपाय

फोहोरको व्यवस्थापन नहुँदा हुन सक्ने सम्भावित जोखिमलाई सरसफाइ समस्याको वृक्ष बनाएर विश्लेषण गरेपछि सहभागीले समाधानको उपाय समेत निकालेका छन् ।

√ मानिसहरुमा सरसफाइ प्रति सचेतना जगाउने ।

√ सम्बन्धित निकायमा गएर पहल गर्ने ।

√ आपसी मतभेद हटाउन जाने बुझेका व्यक्तिबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने

√ फोहोरमैला व्यवस्थापनका लागि फोहोरको स्रोतमै वर्गीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।

√ आवश्यक सरसफाइ सामग्री जुटाएर व्यवस्थित गर्ने ।

उक्त कार्यक्रम फान्सा नेपाल च्याप्टरको सहयोगमा सञ्चालित राईजिङ फर राईड्स अन्तर्गत लुमन्ती आवासका लागि सहयोग समूहले आयोजना गरेको हो । कार्यक्रम समुदाय स्तरीय जानकारी संकलन र विश्लेषणमा केन्द्रित रहेको र यसले सुरक्षित सरसपाmइ र स्वच्छतालाई केन्द्रमा राखेर सवालहरु माथि छलफल गरिएको लुमन्तीका प्रोग्राम म्यानेजर उद्धव भट्टराईले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार