जथाभावी फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले गर्‍यो एक लाख जरिवाना

  वास खबर सम्बाददाता  399 पटक हेरिएको
🔗
27
Shares

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ। आइतबार आयोजित कार्यक्रममा विमानस्थल, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै महानगरपालिकाले पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।

कार्यक्रममा सहभागी व्यक्तिहरूबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र त्यहाँ रहेका बिरुवाका साथै रेलिङहरूमा भौतिक क्षति पुगेको र जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरिएको महानगरपालिकाले लेखेको पत्रमा उल्लेख छ।

महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा पठाएको चिठीमा फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको उल्लेख गर्नु भएको छ।

पोखराबाट आइतबार त्रिभुवन विमानस्थल आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको राप्रपा सहितले काठमाडौमा स्वागत गरेका थिए।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार