गोर्खा वेल्फेयर र पालिकाको साझेदारीमा मैवाखोलामा एक घर एक धारा अभियान

  वास खबर सम्बाददाता  142 पटक हेरिएको

ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एक घर, एक धारा’अभियान सञ्चालनमा ल्याइएको छ। गोर्खा वेल्फेयर ट्रष्ट र गाउँपालिकाको साझेदारीमा गाउँपालिकामा ‘एक घर, एक धारा’अभियान सुरु भएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।

उहाँका अनुसार गोर्खा वेल्फेयरद्वारा सञ्चालित उत्थानशील खानेपानी, सरसफाइ तथा विपद पूर्वतयारी कार्यक्रम अन्तर्गत ‘एक घर,एक धारा’ निर्माण भैरहेको छ ।

गाउँपालिकाको वडा नं ६ फाकुम्बामा निर्माण भैरहकेो आरुबोटे खानेपानी आयोजनाको प्रगति बुझ्न पालिका अध्यक्ष वनेम, वडाध्यक्ष राजुमान लिम्बू सहितका पदाधिकारीले हालै अनुगमन समेत गर्नुभएको छ ।

आरुबोटे खानेपानी आयोजनाबाट स्थानीय ४७ घरपरिवार, एक सामुदायिक विद्यालय र एक गुम्बा सहित ४९ वटा धारा निर्माण गरी स्वच्छ खानेपानी उपलब्ध गराउने गाउँपालिकाको योजना रहेको अध्यक्ष वनेमले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार