
बारा : बाराको कोल्हबी नगरपालिका वडा नं. ५ मा निर्मित दुई वटा खानेपानी तथा सरसफाइ आयोजनाको एकैदिन हस्तान्तरण तथा उदघाटन गरिएको छ। झण्डै चार महिनाको अवधिमा दुई वटा आयोजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरे पछि आजै उदघाटन गरिएको हो ।
गोर्खा वेल्फेयर ट्रष्ट, कोल्हबी नगरपालिका र स्थानीयको लागत साझेदारीमा रामबन खानेपानी तथा सरसफाइ आयोजना र बोध बन खानेपानी तथा सरसफाइ आयोजना २०८१ साल मंसिर २० गतेदेखि निर्माण कार्य सुरु गरि हस्तान्तरण गरिएको हो।
खानेपानी आयोजनाको गोर्खा वेल्फेयर ट्रष्टका इन्जिनियरिङ विभाग प्रमुख दान बहादुर जिरेलले कोल्हबी नगरपालिकाका प्रमुख राम प्रसाद चौधरीलाई र नगर प्रमुख मार्फत सम्बन्धित खानेपानी उपभोक्ता समितिका अध्यक्षहरुलाई हस्तान्तरण गर्नुभयो ।

बोधवन खानेपानी तथा सरसफाइ आयोजना १ करोड ६२ लाख ५७ हजार ५ रुपैयाँमा सम्पन्न भएको हो । जसमा गोर्खा वेल्फेयरको तर्फबाट १ करोड ४९ लाख ८३ हजार ४५५ रुपैयाँ लगानी गरिएको छ भने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तर्फबाट १२ लाख ६९ हजार २५० रुपैयाँ लगानी गरिएको छ । यस्तै कोल्हबी नगरपालिकाको तर्फबाट पनि १२ लाख ६९ हजार २५० रुपैयाँ लगानी गरेको छ ।
रामबन खानेपानी तथा सरसफाइ आयोजनाबाट १११ घर लाभान्वित भएका छन् ।

आयोजनाको लागि गोर्खा वेल्फेयरको तर्फबाट १ करोड २ लाख ४७ हजार १९९ रुपैयाँ लगानी गरिएको छ भने खानेपानी तथा सरसफाइ उपभोता समितिको तर्फबाट १० लाख ८ हजार ७५० रुपैयाँ बराबर लगानी भएको छ । यस्तै कोल्हबी नगरपालिकाको तर्फबाट ९ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।
आयोजना उदघाटन तथा हस्तान्तरण कार्यक्रममा कोल्हवी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पितानाथ लुईटेल, गोर्खा वेल्फेयर ट्रष्टका एरिया वेल्फेयर सेन्टर चितवनका प्रमुख मेजर रिटायर पूर्ण बहादुर गुरुङ, कोल्हवी नगरपालिकाका पूर्व मेयर भरत बहादुर भण्डारी, राम जानकी विद्यालयका प्रधानाध्यापक मान बहादुर केसी, गोर्खा वेल्फेर ट्रष्टका इन्जिनियरिङ विभाग प्रमुख दान बहादुर जिरेल लगायतले खानेपानी आयोजनाको दिगोपनामा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा आयोजना सम्पन्न गर्न अनवरत रुपमा खटिने मेसनहरु तथा प्रोजेक्ट सुपरभाइजरहरुलाई सम्मान गरिएको थियो ।



678 पटक हेरिएको 

