
काठमाडौ : काठमाडौँ उपत्यकाको प्रमुख सहायक खोलामध्ये एक बल्खु खोलामा प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन तथा नदी प्रदूषण न्यूनीकरणको उद्देश्यले Trash Boom पुनःस्थापना गरिएको छ।
PLEASE परियोजना अन्तर्गत किर्तिपुर नगरपालिका वडा नं. १ मा एकीकृत शहरी विकास केन्द्र (CIUD) को अगुवाइ र किर्तिपुर नगरपालिकाको सहकार्यमा Trash Boom स्थापना गरिएको हो।
खोलाको सतहमै बग्ने प्लाष्टिकजन्य फोहोरले वातावरणीय प्रदूषण निम्त्याइरहेका बेला यश कार्यले खोलाको स्वच्छता, जैविक विविधता संरक्षण, तथा जल स्रोतको पुनर्जीवनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
उक्त कार्यका लागि बल्खु खोला क्षेत्रको जलप्रवाहको परीक्षण गरिनुका साथै Trashboom को तैरने क्षमता सुनिश्चित गरी मात्र स्थापना गरिएको हो। साथै, स्थापना गर्नु अघि खोलाको पानीको गुणस्तर परीक्षण (Water Quality Test) समेत गरिएको थियो।

बल्खु खोला किर्तिपुर नगर हुँदै काठमाडौँ महानगरपालिका वडा नं. १४ बाट बग्दै बागमती नदीमा मिसिने एक महत्वपूर्ण जलस्रोत हो।
यस कार्यमा KleanIt Upcyclers, Neat Clean Green Nepal Pvt. Ltd., साथै बल्खु खोला आसपासका महिला समूहहरू तथा समुदाय प्रतिनिधिहरूको उल्लेखनीय सहयोग रहेको थियो।
CIUD का अनुसार यस प्रविधिबाट खोलाको सतहमा बग्ने प्लाष्टिकजन्य फोहोर सङ्कलन गरी त्यसको पुनःप्रयोग र व्यवस्थापन गरिनेछ। साथै यो अभियानले स्थानीय तह र समुदायलाई फोहोर व्यवस्थापनप्रति अझ जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
यो पहलले खोला तथा नदी क्षेत्रहरूको वातावरणीय सुधार मात्र होइन, समुदायमा प्लाष्टिकजन्य फोहोरको स्रोतमै न्यूनीकरण गर्ने व्यवहार विकासमा समेत दीर्घकालीन प्रभाव पार्नेछ।


500 पटक हेरिएको 

