खानेपानी तथा सरसफाइ ऐन बमोजिम समन्वय समिति गठन, १० जना सदस्य मनोनित

  वास खबर सम्बाददाता  1281 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ ऐन बमोजिम समन्वय समिति गठन गरेको छ। ऐन जारी भएको २ बर्षपछि मन्त्रालयले ऐनको दफा ५५ को उपदफा १ बमोजिम समन्वय समिति गठन गरेको हो ।

खानेपानी मन्त्रीको संयोजकत्वमा गठन भएको समन्वय समितिमा हालै १० जना सदस्यहरुलाई मनोनित गरिएको छ । समन्वय समितिले खानेपानी तथा सरसफाइ सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयनका विषयमा नेपाल सरकारलाई सुझाव दिने र अन्तर तहगत समन्वय गर्नेछ ।

मनोनित सदस्यहरु :

१. महेश थपलिया, नगर प्रमुखः खाँदबारी नगरपालिका, संखुवासभा।

२. राजेशमान सिंह, नगर प्रमुख, वीरगञ्ज महानगरपालिका, पर्सा ।

३. खिमबहादुर थापा, अध्यक्ष, कालीगण्डकी गाउँपालिका, स्याङ्जा ।

४. मञ्जली शाक्य वज्राचार्य, नगर उप-प्रमुख, ललितपुर महानगरपालिका, ललितपुर ।

५. नरुलाल चौधरी, नगर प्रमुख, घोराही उप-महानगरपालिका, दाङ ।

६. मोहनमाया ढकाल, नगर प्रमुख, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत ।

७. सुशीला शाही, नगर प्रमुख, लम्की चुहा नगरपालिका, कैलाली ।

८. सुनिल कुमार दास, खानेपानी तथा सरसफाइ विज्ञ ललितपुर ।

९. पार्वती दंगाल, खानेपानी तथा सरसफाइ विज्ञ भक्तपुर ।

१० डा. सुदन पन्थी, खानेपानी तथा सरसफाइ विज्ञ काठमाडौं ।

 

यसरी गठन हुन्छ समन्वय समिति

खानेपानी तथा सरसफाइ सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयनका विषयमा नेपाल सरकारलाई सुझाव दिन तथा अन्तर तहगत समन्वय कायम गर्न देहाय बमोजिमको एक समन्वय समिति रहने ऐनको दफा ५५ को उपदफा १ मा उल्लेख छ ।

क) खानेपानीमन्त्री, नेपाल सरकार, खानेपानी मन्त्रालय – संयोजक

ख) राज्यमन्त्रीरसहायक मन्त्री, नेपाल सरकार, खानेपानी मन्त्रालय – सदस्य

ग) प्रत्येक प्रदेशका खानेपानी सम्बन्धी विषय हेर्ने मन्त्री – सदस्य

घ) सचिव, मन्त्रालय सदस्य

ङ) स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्ये प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी कम्तीमा तीन जना महिला सहित समावेशी सिद्वान्तको आधारमा नेपाल सरकारले मनोनयन गरेको सात जना

च) सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरी खानेपानी तथा सरसफाइको क्षेत्रमा दश वर्षको अनुभव भएका व्यक्तिहरू मध्येबाट नेपाल सरकारले मनोनयन गरेको कम्तीमा एक जना महिला सहित तीन जना सदस्य

छ) सहसचिव, मन्त्रालय – सदस्य- सचिव ।

 

समन्वय समितिको काम, कर्तव्य र अधिकार

खानेपानी तथा सरसफाइ सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयनका विषयमा नेपाल सरकारलाई सुझाव दिने र अन्तर तहगत समन्वय गर्ने समन्वय समितिको मुख्य काम भए पनि समन्वय समितिको थप काम, कर्तव्य र अधिकारलाई खानेपानी तथा सरसफाइ नियमावली २०८१ ले प्रष्ट गरेको छ।

क) विभाग, मन्त्रालयले तोकेको अधिकारी, प्रदेश र स्थानीय तहबाट अनुमतिपत्र प्राप्त संस्था र आयोगबीच समन्वय गर्ने

ख) प्रदेश तथा स्थानीय तहबाट मन्त्रालयमा पेस गर्नु पर्ने खानेपानी तथा सरसफाइ क्षेत्रसम्बन्धी प्रतिवेदनका लागि समन्वय गर्ने

ग) खानेपानी तथा सरसफाइ सम्बन्धी पूर्वाधार निर्माण र सेवा सञ्चालनका सम्बन्धमा अनुगमन संयन्त्रको निर्माण गर्ने र तत् सम्बन्धमा निर्देशन दिने

घ) खानेपानी तथा सरसफाइ सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयनमा आवश्यकता अनुसार सरोकारवालाको राय तथा सुझाव लिने

ङ) खानेपानी सेवा तथा सरसफाइ सेवा प्रवाह सम्बन्धमा अन्य आवश्यक समन्वय गर्ने


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार