खपरताता खानेपानी आयोजना औपचारिक रूपमा सञ्चालन

  वास खबर सम्बादाता  347 पटक हेरिएको

बारा : बारा जिल्लाको कलैया उपमहानगरपालिका–८ स्थित खपरताता खानेपानी आयोजना औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ। सोमबार एक समारोहका बीच खानेपानीमन्त्री प्रदीप यादवले उदघाटन गर्नुभयो।

खानेपानी उदघाटन सँगै नेपाल खानेपानी संस्थानले उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गर्दै आयोजना संस्थागत रूपमा सञ्चालनमा ल्याइएको छ।

कार्यक्रम वडाध्यक्ष रंजीत चौरसियाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा अतिथिका रूपमा जसपा कार्यकारिणी सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेश सभा सदस्य पारस साह, जसपा बाराका जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, संघीय परिषद सदस्य असलम आलम र लालदेव यादव, नेकपा माओवादी केन्द्रका कलैया नगर अध्यक्ष मुकेश साह, समाजवादी युवा संघ बाराका जिल्ला अध्यक्ष सुजीत पाण्डे लगायत अन्य विशिष्ट व्यक्तिहरू समेत सहभागी हुनुहुन्थ्यो ।

खानेपानी आयोजनाको सफल कार्यान्वयनले स्थानीय समुदायलाई दिगो र सुरक्षित खानेपानी सेवामा पहुँच सुनिश्चित गर्ने खानेपानीमन्त्री यादवले बताउनु भयो।

मन्त्री यादवले आयोजनाबाट दीर्घकालीन लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार