खानेपानीमन्त्री यादवद्वारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ

  वास खबर सम्बाददाता  578 पटक हेरिएको
🔗
85
Shares

काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण प्रणालीको औपचारिक सुरुवात गर्नु भएको छ। मन्त्री यादवले भन्नुभयो ‘अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापन गरी मेलम्चीको पानीमार्फत स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति हुने व्यवस्था गरिएको छ।’

उहाँले खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक राम कुमार श्रेष्ठ, केयूकेएल(KUKL) का प्रतिनिधिहरू, तथा कर्मचारीहरूसँगै मेलम्चीको पानी पिई कार्यको शुभारम्भ गर्नुभयो । मन्त्री यादवले यसलाई केवल सुरुवात नभई सुशासन, पारदर्शिता र जनताको सेवामा प्रतिबद्धताको मूर्त रूप भएको बताउनुभयो।

उहाँका अनुसार, अब सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरूमा मेलम्चीको पानी उपलब्ध हुनेछ। यो कदम प्रशासनिक क्षेत्रमा पारदर्शी, दिगो र सस्तो पानी वितरण प्रणालीको उदाहरणीय अभ्यासको शुरुवात हो।

मन्त्री यादवले यस अभियानमा योगदान पुर्‍याउने सबै व्यक्तित्व, कर्मचारी वर्ग र सम्बन्धित निकायलाई हृदयदेखि आभार व्यक्त गर्दै जनताको सेवा आफ्नो सर्वोच्च धर्म, कर्तव्य र सन्तोषको मुख्य स्रोत भएको बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार