
ललितपुर : पानी केवल प्यास मेटाउने साधन होइन, यो जीवनको आधार हो। जब पानीको हरेक थोपा स्वच्छ, सुरक्षित र दिगो हुन्छ, तब समुदायको भविष्य उज्यालो बन्छ।
यही सपना साकार पार्न स्वीडेनको अग्रणी संस्था ‘भ्याकिन’ का प्रमुख कार्यकारी अधिकृत रोबर्ट हन्सन सहितको विज्ञ टोली नेपालको गोदावरी नगरपालिकामा आइपुगेको छ।
उनीहरूले वडा नं. ५ स्थित लेले एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाको स्थलगत अवलोकन गर्नु भयो जहाँ प्रविधि, परिश्रम, र सहकार्यको गहिरो संगम देख्न सकिन्छ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
सन् २०१६ मा स्थापना भएको भ्याकिनले स्वीडेनको तीन नगरपालिकामा खानेपानी, फोहोरपानी प्रशोधन र फोहोर व्यवस्थापनको सेवा प्रदान गर्दै आएको छ। १८ वटा जलशोधन केन्द्रहरू, २४ वटा फोहोरपानी प्रशोधन केन्द्रहरू, ८ वटा पुनःप्रयोग केन्द्रहरू र १३० भन्दा बढी पम्पिङ स्टेसन सञ्चालित छन्, जहाँ हरेक वर्ष ३.५ लाखभन्दा बढी आगन्तुक आउने गर्दछन्।


366 पटक हेरिएको 

