
काठमाडौ : नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार डा. भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ११ (१ ) बमोजिम तीन वर्षका लागि नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताउनुभयो ।
अध्यक्ष नियुक्त हुनु भएका डा. भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुनुहुन्छ ।


648 पटक हेरिएको 

