काठमाडौँ महानगरपालिकामा आपूर्ति हुने पानीमा कोलिफर्म भेटियो, सम्झौता रद्द

  वास खबर सम्बाददाता  384 पटक हेरिएको
🔗
55
Shares

काठमाडौ : काठमाडौँ महानगरपालिकाले प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको छ । आपूर्तिकर्ताले ल्याएको पिउने पानी जाँचका क्रममा अयोग्य भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको महानगरले जनाएको छ ।

महानगरको कृषि तथा पशुपन्छी विभागले आपूर्तिकर्तालाई खारेजीको पत्र पठाएको हो ।  पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ ।

पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भई दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’

पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिन थालिएको थियो। यो खबर गोरखापत्रबाट साभार गरिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार