लिफ्टिङ खानेपानीमा प्रयोग हुने विद्युत महसुलमा सत प्रतिशत अनुदान दिने

  वास खबर सम्बाददाता  414 पटक हेरिएको

पोखरा : गण्डकी सरकारले आगामी आर्थिक वर्ष लिफ्टिङ खानेपानी तथा लिफ्टिङ सिँचाइ आयोजना हरूमा प्रयोग हुने विद्युत् महसुलमा सत प्रतिशत अनुदान दिने व्यवस्था यथावत राखिने भएको छ।

आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि खानेपानी तथा सिँचाइ क्षेत्रमा सशक्त पहल गर्ने नीति अनुरूप लिफ्टिङ प्रविधिमा आधारित योजना र ‘एक घर, एक धारा’ कार्यक्रमलाई विशेष प्राथमिकता दिएको बताउनुभयो।

मन्त्री गुरुङले बहुवर्षीय, स्रोत सुनिश्चित, क्रमागत र प्रणाली सुदृढीकरणमा आधारित खानेपानी योजनाहरूलाई प्राथमिकता दिँदै ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत ६० करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको बताउनुभयो। गण्डकी प्रदेश सरकारले आगामी वर्ष २ सय भन्दा बढी खानेपानी योजना सम्पन्न गरी थप १५ हजार घरधुरीमा निजी धारा जडान गर्ने लक्ष्य लिएको छ।

गण्डकी प्रदेश सरकारले खानेपानी क्षेत्रमा समग्र रूपमा १ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको छ। विशेष गरी वर्षायाममा देखिने पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न असुरक्षित पानीका स्रोतको पहिचान गरी शुद्धिकरणको व्यवस्था गर्न समेत आवश्यक बजेट छुट्याइएको घोषणा गरिएको छ।

खानेपानी पहुँच, गुणस्तर र दिगोपनमा जोड दिँदै सरकारले पूर्वाधार विकास तथा नागरिकको स्वास्थ्य सुरक्षाका लागि अनुदान मार्फत उल्लेखनीय योगदान गर्ने नीति अवलम्बन गरेको जनाएको छ ।

गण्डकी प्रदेशको बजेट वक्तव्यको पूर्णपाठ : 

GB


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार