रिबर्मा खोलाको पानी मेलम्ची सुरुङबाट पठाईयो, मेलम्चीको पानी अबरुद्ध भए पनि काठमाडौमा आपूर्ति नरोकिने

  वास खबर सम्बाददाता  624 पटक हेरिएको
🔗
73
Shares

काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट काठमाडौं पठाउन थालिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज सोमबार देखि रिबर्मा खोलाको पानी मेलम्ची सुरुङ मार्ग हुँदै काठमाडौंमा पठाइएको जानकारी गराउनु भएको हो ।

उहाँले बर्खायामको मौसममा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौं उपत्यकामा वितरण हुने बताउनुभयो । वि.सं. २०७८ सालमा आएको भीषण बाढीले मेलम्चीको मुहान क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि बर्खायामको समयमा मेलम्चीको खानेपानी आपूर्तिअवरोध हुँदै आएको थियो।

त्यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न र काठमाडौंवासीलाई निरन्तर रुपमा स्वच्छ पानीको आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलाको पानी काठमाडौमा आपूर्ति गर्न थालेको बताउनुभयो।

मेलम्ची खानेपानी विकास समितिका पहल, स्थानीयवासीको सहयोग, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, कर्मचारी र सरोकारवालाहरूको समन्वयमा रिबर्मा खोलाको पानी काठमाडौ आपूर्ति गर्न सम्भव भएको मन्त्री यादवले बताउनुभयो । यो व्यवस्थाले काठमाडौंमा अब बार्है महिना मेलम्चीको पानी आपूर्ति सुनिश्चित हुने विश्वास लिइएको छ। उहाँले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार