
काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादव स्पेन भ्रमणमा जाने हुनु भएको छ। खानेपानी मन्त्रालयका अनुसार सरसफाइ सम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन उहाँ असार १५ देखि १९ गतेसम्म स्पेन जाने तय भएको हो।
मन्त्री यादवको भ्रमणका लागि आवश्यक स्वीकृति सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिएको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री यादवले खानेपानी र सरसफाइ सम्बन्धी नवप्रवर्तन, प्रविधि र अन्तर्राष्ट्रिय सहकार्यबारे छलफल गर्ने कार्यक्रम तय भएको छ।


570 पटक हेरिएको 

