
नवलपरासी : नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा अध्ययन तथा अवलोकन गर्न आउने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु बढेका छन । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको बुधबार मात्र शंकरनगर र मदरबाबा खानेपानी सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरुले संयुक्त अध्ययन अवलोकन भ्रमण गरेका हुन्।
केही दिन अगाडि बर्दियाको मधुवन नगरपालिका–९ मा रहेको सानो श्री खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अध्ययन तथा अवलोकनका लागि बर्दघाट आएको थियो ।
रूपन्देहीको तिलोत्तमा–२ मा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र नवलपरासीको सुस्ता–२ स्थित मदरबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष, पदाधिकारी तथा कार्यालय प्रमुखहरूको टोलीले बर्दघाटको खानेपानी व्यवस्थापन, सेवा प्रवाह र संस्थागत संरचनाको बारेमा जानकारी लिएका छन्।

कार्यक्रमका दौरान तीनै संस्था बीच आपसी अनुभव आदान–प्रदान, समस्याका समाधानका उपायहरू तथा उपभोक्तामुखी सेवा प्रवाहबारे विस्तृत अन्तरक्रिया भएको थियो। सहभागी संस्थाहरूले बर्दघाटलाई अध्ययन अवलोकनको मुकाम बनाएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आपसी सहकार्य र सिकाइका यस्ता अवसरहरूलाई निरन्तरता दिने प्रतिबद्धता गरिएको बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्सालले जानकारी दिनुभयो ।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले शंकरनगर र मदरबाबा खानेपानी संस्थाका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरू प्रति हार्दिक आभार व्यक्त गर्दै संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेको छ।
राष्ट्रमा नै शुद्ध र गुणस्तरयुक्त पानी खुवाउने सस्थाको रुपमा परिचित भएका कारण बर्दघाट खानेपानीको अवलोकनमा आउने संस्थाहरु क्रमश: वृद्धि भएको बर्दघाट खानेपानीका व्यवस्थापक बिष्णु भुसालले बताउनुभयो।


498 पटक हेरिएको 

