खानेपानी आयोजनामा बजेट कटौती हुँदा बाँकेका ३८ खानेपानी आयोजनाको भविश्य अनिश्चित

  वास खबर सम्बाददाता  447 पटक हेरिएको
🔗
49
Shares

बाँके: बाँकेमा निर्माणाधीन मध्ये ३८ वटा खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि अधुरो अवस्थामा रहने देखिएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत प्रकाशजङ्ग शाहका अनुसार सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका सबै ३८ वटा आयोजनाका लागि चालु आर्थिक बर्षमा बजेट कटौती गरिएको छ ।

खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत शाहले भन्नुभयो, ‘विगतमा नियमित बजेट विनियोजन हुँदै आएका योजनामा यसपटक बजेट कटौती भएपछि कसरी अगाडी बढाउने भन्ने नयाँ चिन्ता थपिएको छ ।’ सङ्घीय सशर्तका सबै योजनामा बजेट बिनियोजन नै गरिएको छैन ।

सङ्घीय बजेट रोकिएका योजनाहरु मध्ये कतिपय सम्पन्न हुने अवस्थामा भएपनि बजेट कटौंती परेपछि छिटो भन्दा छिटो आम नागरिकलाई खानेपानी वितरण गर्ने कार्य पनि पछि धकेलिने देखिएको छ।

सीतापुर खानेपानी आयोजना, उढरापुर खानेपानी आयोजना, सोनपुर खानेपानी आयोजना, रनियापुर खानेपानी आयोजना लगायतका केही आयोजना सम्पन्न हुने अवस्थामा रहेको कार्यालयले जनाएको छ । यसैगरी थोरै लगानीमा सम्पन्न हुने चरणमा रहेका टिटिहिरिया, बनकटुवा सुधार बिस्तार लगायतका आयोजनाको पनि बजेट कटौती भएको छ ।

बाँकेका चालु आवमा प्रदेश सरकार अन्तर्गत ४४ वटा आयोजना निर्माण भईरहेका छन् । ति मध्ये केही आयोजनाको काम सम्पन्न भइसकेको छ। कार्यालयले गत आव २०८१/८२ सम्म करिब २० हजार घरधुरीमा आयोजना अन्तर्गत खानेपानीको धारा वितरण गरिएको जनाएको छ।

बाँकेमा आव २०७५/७६ देखि प्रदेश सरकारले समेत खानेपानीमा काम गर्न थालेपछि खानेपानी आयोजना निर्माणको काममा तिब्रता आएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार