खानेपानी विभागमा तीनै जना उपमहानिर्देशकले पायो पूर्णता, नव नियुक्त उपमहानिर्देशकद्धारा पदबहाली

  वास खबर सम्बाददाता  850 पटक हेरिएको
🔗
257
Shares

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागमा तीनै जना उपमहानिर्देशक नियुक्त हुनु भएको छ । विभागको परिवर्तित स्थायी संरचना अनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकोमा तीनै जना नियुक्त हुनु भएको हो । सरकारले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकको जिम्मेवारी प्रदान गरे सँगै तीनै जनाको दरबन्दीले पूर्णता पाएको हो ।

नेपाल सरकार खानेपानी मन्त्री स्तरीय बैठकले यही बिहीबार मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लामिछानेलाई विभागको उपमहानिर्देशकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो। यस्तै खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख जगरनाथ दासलाई मेलम्चीको कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको छ ।

नवनियुक्त उपमहानिर्देशक लामिछानेले आजै पदवहाली गर्नुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले उहाँलाई स्वागत गर्दै पद बहाली गराउनु भएको हो । उपमहानिर्देशक लामिछानेले खानेपानी महाशाखा सम्हाल्नु हुनेछ । विभागको ढल तथा सरसफाइ व्यवस्थापन महाशाखाको जिम्मेवारी उपमहानिर्देशक बाल मुकुन्द श्रेष्ठले सम्हाल्दै आउनु भएको छ भने सेवा नियमन तथा समन्वय महाशाखाको नेतृत्व उपमहानिर्देशक नारायण प्रसाद आचार्यले गर्नु भएको छ । विभागको नयाँ संगठनात्मक संरचना अनुसार यो महाशाखा नयाँ महाशाखा हो ।

तीनै वटा महाशाखा प्रमुखहरुको पदपूर्ति भएपछि विभागले चालु आर्थिक बर्ष अझ धेरै प्रगति हासिल गर्न सक्ने महानिर्देशक ई.राम कुमार श्रेष्ठको विश्वास छ । उहाँले गत आर्थिक बर्षमा ९० प्रतिशत प्रगति हासिल गरेको विभागले चालु आर्थिक बर्षमा शत प्रतिशत हासिल गर्ने लक्ष्य लिएको बताउनुभयो। ‘आर्थिक बर्षको सुरुमा नै महाशाखा प्रमुखहरुको दरबन्दी फुलफिल भएपछि विभागले अझ रफ्तारमा कार्य सम्पादन गर्नेछ’ उहाँले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार