खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको टोली मोबाइल भ्यान सहित हैजा प्रभावित क्षेत्रमा परिचालन

  वास खबर सम्बाददाता  494 पटक हेरिएको
🔗
60
Shares

काठमाडौं : वीरगन्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको टोली खानेपानी परिक्षणको मोबाइल भ्यान सहित परिचालन भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ को मुर्लीमा हैजाको विरामी भेटिएपछि कार्यालयले पानी परिक्षणको लागि मोबाईल भ्यान सहित टोली पठाईएको हो ।

हैजा प्रभावित क्षेत्रमा पानीको शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पियुष लगायतका सामाग्री पठाउने तयारी भईरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले जानकारी गराउनुभयो।

बीरगन्जमा झाडापखाला लागेर उपचारका लागि अस्पतालमा ल्याइएका २ जना बिरामीको मृत्यु भईकेको छ । उनीहरुको उपचारका क्रममा वीरगन्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो । शुक्रबार साँझ उपचारका लागि भर्ना भएका पर्साको पोखरिया नगरपालिका–९ की १९ वर्षीया युवती र नारायणी अस्पतालमा वीरगन्ज महानगरपालिका–१६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको जनाईएको छ ।

वीरगन्जमा शुक्रबार ३ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो । आज शनिबार थप ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार नारायणी अस्पतालमा उपचाररत झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा मध्ये ५ जनामा हैजा पुष्टि भएको र ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन्।

यस्तै अर्को एक अस्पतालमा उपचाररत थप २ जनामा पनि शनिबार हैजा पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजु साहले जानकारी दिनुभयो। वडा नम्बर ११ र १३ का दुई जनामा हैजा पुष्टि भएको उहाँले बताउनुभयो । यसअघि शुक्रबार वीरगन्जकै तराई हस्पिटलमा उपचाररत ३० को परीक्षण गर्दा तीमध्ये ३ जनामा हैजा पुष्टि भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार