हैजा लाग्न नदिन सतर्कता अपनाउन हेटौंडा उपमहानगरपालिकाको अनुरोध

  वास खबर सम्बाददाता  378 पटक हेरिएको
🔗
26
Shares

हेटौंडा : पर्साको वीरगन्ज महानगरपालिकाको विभिन्न क्षेत्रमा  हालै हैजाका बिरामी भेटिएपछि हेटौंडा उपमहानगरपालिकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। वीरगन्ज  महानगरपालिका क्षेत्रमा फैलिएको हैजाको जोखिम मकवानपुर र आसपासका क्षेत्रमा पनि पर्न सक्ने भन्दै उपमहानगरपालिकाले खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने जनाएको हो।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा सरसफाइ र खानेपानीको प्रयोगमा बेवास्ता गरे हैजा तथा झाडापखाला फैलन सक्ने भन्दै निम्न कार्यहरूलाई नियमित गर्न आह्वान गरिएको छः

  • • खानेपानीको मुख्य स्रोत र आसपासको क्षेत्रमा सरसफाइ कायम गर्ने।

  • • खानेपानी भण्डारण, प्रशोधन तथा वितरणमा आवश्यक सावधानी अपनाउने।

  • • केवल उमालेको र सुरक्षित पानी मात्र खाने।

  • • स्वास्थ्य संस्था वा प्रयोगशालामा पिउने पानीको गुणस्तर परीक्षण गराउने।

  • • नुहाउने, सरसफाइ गर्ने, सरसफाइजन्य काममा ध्यान दिने।

  • • खाना पकाउँदा राम्रोसँग पकाउने र सफा राख्ने।

  • • काँचो फलफूललाई शुद्ध पानीले धुने।

  • • सुरक्षित पानी मात्र प्रयोग गर्ने।

उपमहानगरपालिकाले हैजा नियन्त्रणमा सामुदायिक सहकार्य अत्यावश्यक रहेको उल्लेख गर्दै सचेतना फैलाउन सबैलाई आग्रह गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार