बोतल र जारको पानीमा बढी शुल्क लिए कारबाही हुने

  वास खबर सम्बाददाता  253 पटक हेरिएको
🔗
34
Shares

काठमाडौ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ। विभागले आज एक सूचना प्रकाशित गरी प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्क भन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो।

विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने सूचना मार्फत जनाएको छ।

काठमाडौं उपत्यकामा एक लिटर बोतलको पानी १६ र उपत्यका बाहिर रु. २० निर्धारण गरेको छ। यस्तै, २० लिटर जारको पानीको काठमाडौं उपत्यकाका लागि ४७ र उपत्यका बाहिरका लागि ६० निर्धारण गरिएको विभागले जनाएको छ। यसअघि पानी व्यवसायीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए।

पानी विक्रेताले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आम सर्वसाधारणमा विभागले अनुरोध गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार