
कालीकोट : कालीकोट सदरमुकाम मान्मका बासिन्दाले खानेपानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । मान्म बजारमा जहिल्यै खानेपानीको चरम अभाव व्यहोर्दै आएका सदरमुकामबासीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
जिल्लाको मुटु मानिने खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार बढ्दै जाँदा सम्बन्धित निकाय मौन बसेको भन्दै जिल्लाका ब्यापारी र अन्य नागरिकले बजारको ब्यापारीहरु सटर बन्द गरेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । कुनै पनि महिनामा पानी पाइँदैन, बिल मात्र महिनामा तिर्नुपरेको उपभोक्ताको भनाइ छ ।
मान्ममा दिपक शाहीका अनुसार सरकारले नागरिकको समस्याप्रति चासो नदिएको बताउनुभयो । सरकार छ, सधैँ आफैले देखिरहेको छ । बजारको पिउने पानीको समस्या सम्बोधन गर्नतिर चासो छैन । स्थानीय र हाम्रो नजिकको सरकार भनेर कसरी खुसी हुनु?
उहाँले भन्नुभयो, “खानेपानीको समस्या दिनानुदिन चर्किदै गएपछि मान्म बजारमा होटेल तथा अन्य व्यवसाय सञ्चालन गर्ने नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरूपता नहुँदा अभाव झन् गहिरिएको स्थानीयको भनाइ छ ।
स्थानीय मानवहादुर गिरीले जनप्रतिनिधिहरूले नागरिकको समस्याप्रति बेवास्ता गरेको भन्दै आक्रोश प्रकट गर्नुभयो । खानेपानी उपभोक्ता समितिको वितरण प्रणालीमा लापरबाहीले पानीको अभाव भएकाले धारामा नियमित पानी नआउँदा सदरमुकाममै पिउने पानीको हाहाकार भएको गिरिले भन्नुभयो ।
यति ठुलो समस्या हुँदा पनि कसैको ध्यान नगएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खाँडाचक्र नगरपालिकाले ९ महिनादेखि सडक अवरुद्ध हुँदा पनि ध्यान नदिएको, फोहोर ब्यवस्थापन चासो नदिएको भन्दै यस्तो सरकारको कुनै नागरिकलाई आबश्यक नभएकाले प्रशासनले के कस्तो हो पानी आपूर्तिका लागि चासो राख्नु पर्ने प्रशासनमा पुगेका स्थानीयले दबाब दिएका छन् ।
खानेपानी वितरणको जिम्मा लिएको मान्म खानेपानी उपभोक्ता समिति पनि बेखबर छ । शुक्रबार खानेपानी समस्यापछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले खानेपानीका आपूर्ति गर्न बाँकी महसुल बक्यौता एक हप्ताभित्र सबै उपभोक्ताहरुते बुझाउने, मान्म खानेपानी समितिले बक्यौता महसुल कडाईका साथ उठाउने, वितरण ट्याङ्की भन्दा माथि जोडिएका सबै धाराहरु ७ दिनभित्र काट्ने यसमा सबै उपभोक्ताहरुले सहयोग गर्ने, खानेपानी समितिले १५ दिनभित्र सबै उपभोक्ताहरुको घरमा खानेपानी मिटर जडान गर्ने, यसमा सबै उपभोक्ताहरुले सहयोग गर्ने भएको छ ।
त्यस्तै, मान्म खानेपानीका कर्मचारीहरुको कार्यसम्पादन सुधार गर्न सचेत गराउने, आचरणहीन र कार्य क्षमता नभएका कर्मचारीलाई कारवाही गर्ने, चुलिमालिका बृहत खानेपानीको पानी जोड्ने निर्णय भएको छ ।
खाँडचक्र नगरपालिका निबर्तमान नगर प्रमुख जसिप्रसाद पाण्डेले आफ्नो पालामा सहज आपूर्ति हुदैआएको भए पनि पछिल्लो समय सरकारले चासो नदिँदा यस्तो समस्या भएको भन्दै अब प्रशासनले चासोका साथ पानी आपूर्ति नहुनुको कारण बारे संयुक्त छलफल गर्नुपर्ने बताउनुभयो ।


374 पटक हेरिएको 

