
हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नं. १ मैनटारमा संचालित खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ।
वागमती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत रहेको खानेपानी तथा सरसफाई डिभिजन नं. १, हेटौंडा, मकवानपुरबाट करिब १ करोड १० लाख रुपैयाको लगानी र उपभोक्ताहरुको लागत सहभागिता समेत गरी १ करोड ४० लाखको लगातमा निर्मित १ लाख लिटर क्षमताको पानी टंकी, सम्पवेल, करिब ५ कि.मि. पाइप लाइन सहितका पूर्वाधारहरु एवम् हाल सम्म जडान भई पानी संचालनमा रहेको ६९ वटा धाराहरु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको हो ।

खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको यो सत्रौ उपभोक्ता समिति हो ।
हेटौंडा उपमहानरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता तथा कार्यक्रम हेटौंडा वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्र प्रसाद नेपाल, वडा सदस्य रामकृष्ण अधिकारी, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटा र इन्जिनियर विपिन राज वाग्लेको आतिथ्यता एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल बहादुर सुनारको सभा अध्यक्षतामा मैनटार खानेपानी उपभोक्ता समितिबाट संचालित आयोजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपभोक्ता समितिका सचिव बैकुण्ठ पराजुलीले स्वागत मन्तव्य सहित कार्यक्रम संचालन गर्नुका साथै वडा सदस्य रामकृष्ण अधिकारीले आयोजनाको बारेमा बस्तृत जानकारी दिनु भएको थियो ।

कार्यक्रममा स्थानीय खानेपानी उपभोक्ताहरुबाट राखिएको जिज्ञासाहरुको सहजिकरण खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले प्रस्ट पार्नु भएको थियो भने वडा अध्यक्ष सविन न्यौपाने र कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख राजेश बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा स्थानिय खानेपानी उपभोक्ता, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारी, वडा नं. १ मैनटार तथा लालझाडी क्षेत्रका सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।




240 पटक हेरिएको 

