रातको समयमा समेत फोहोर व्यवस्थापन गर्न बच्चरेडाँडामा बत्ती जडान

  वास खबर संवाददाता  179 पटक हेरिएको

काठमाडौ :  बन्चरेडाँडा ल्याण्डफिल साईटमा रातको समयमा फोहोर व्यवस्थापनका लागि विद्युत जडान गर्ने कार्य थालनी भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार बन्चरेडाँडा ल्याण्डफिल साइटमा बत्ती जडानका लागि पोल झारेको हो । पोल गाडेर बत्ती जडान गर्न सुरु गरिहाल्ने केन्द्रले जनाएको छ ।

रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ती जडान सुरु गर्ने ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङको प्रतिबद्धता बमोजिम विद्युत जडानको कार्य सुरु भएको हो । आइतबार ल्याण्डफिल साइटको अनुगमन र स्थानीयसँगको अन्तरक्रियाको क्रममा मन्त्री घिसिङले प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई बत्ती जडानका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिनु भएको थियो।

यसैगरी, फोहोरबाट निस्कने लिचेड (फोहरभित्रको रासायनिक रस हो, जुन वर्षा वा पानीसँग मिसिँदा बग्छ र वातावरणका लागि हानिकारक हुन्छ) व्यवस्थापनका लागि साइटमा पम्प आपूर्ति गरिसकिएको छ ।

रातको समयमा समेत फोहोर व्यवस्थापन गर्न बच्चरेडाँडा ल्याण्डफिल साइटमा बत्ती जडान कार्य सुरुस्थानीयसँग जनाइएको प्रतिबद्धता बमोजिम नियमित अनुगमन गर्न सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीयको प्रतिनिधित्व रहने गरी समिति पनि गठन गरिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार