
काठमाडौ : खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले नेपालको तर्फबाट थाइल्यान्डको बैङ्ककमा हुने उच्चस्तरीय खानेपानी सुरक्षा र अनुकूलन सम्बन्धी सम्मेलनमा भाग लिनु हुने भएको छ । आगामी मङ्सिर २२ देखि २६ गते सम्म थाइल्यान्डको बैङ्ककमा हुने उच्चस्तरीय सम्मेलनमा सहभागी हुन सचिव बज्राचार्यलाई सोमबारको मन्त्रीपरिषद बैठकले स्वीकृति दिइएको हो ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
यस्तै बैठकले स्विट्जरल्यान्डको जेनेभामा आगामी मङ्सिर १ देखि ३ गतेसम्म हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षा बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गरेको छ ।
मन्त्री परिषद बैठकका थप निर्णयहरु :



376 पटक हेरिएको 

