पुरानो खानेपानी आयोजना निर्माण सम्पन्न गर्न खानेपानी सचिव बज्राचार्यको अनुरोध

  वास खबर सम्बाददाता  638 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले यस अघि निर्माण सम्पन्न हुन नसकेका, आंशिक रुपमा सञ्चालनमा आएका र अधुरो रहेका खानेपानी आयोजना निर्माण सम्पन्न गर्न आग्रह गर्नुभएको हो । यसबर्ष स्रोत सहमति नदिने अर्थ मन्त्रालयको परिपत्र पछि खानेपानी सचिव बज्राचार्यले नयाँ खानेपानी आयोजना सुरु गर्नुभन्दा पुराना खानेपानी आयोजना निर्माण सम्पन्न जोड दिनुपर्ने बताउनु भएको हो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

सेवा निवृत्त भएका कर्मचारीहरु, देशैभरिका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, खानेपानी मन्त्रालयका सहसचिव, विभाग अन्तर्गतका विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशकहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन), राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र खानेपानी तथा ढल व्यवस्थापन विभागका कर्मचारीहरु सहभागी रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४औं स्थापना दिवसमा उहाँले भन्नुभयो ‘नयाँ निर्माणमा भन्दा पुरानै खानेपानी आयोजनाहरु सम्पन्न गर्न जोड दिनुहोस्।’

कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी लिमिटेडका अध्यक्ष कमलेश कुमार अग्रवाल, खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगका अध्यक्ष ई.रुद्र प्रसाद गौतमले खानेपानी तथा ढल व्यवस्थापन विभागले देशको कुना कन्दरासम्म खानेपानी तथा सरसफाइ सेवा आपूर्तिका लागि पुर्‍याएको योगदानको प्रसंशा गर्दै शुभकामना व्यक्त गर्नुभयो।

खानेपानी मन्त्रालयका सचिव ई.प्रमिला देवी शाक्य बज्राचार्यको प्रमुख आतिथ्य तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.नारायण प्रसाद आचार्यले विभागको स्थापनाकाल देखि हालसम्मको प्रगति एवं भावी दिनमा गर्नुपर्ने कामका बिषयमा विस्तृतमा प्रस्तुतीकरण गर्नुभयो।

वि.सं. २०२९ सालमा नेपाल भित्र खानेपानी र ढल निकास सम्बन्धी सेवा सन्चालनको व्यवस्था गर्न खानेपानी तथा ढल निकास विभाग स्थापना गरिएको थियो। तत्कालीन समयमा काठमाडौँको अलावा अन्य केही शहरी क्षेत्र तथा ग्रामीण बस्तीहरुमा मात्र खानेपानी सुविधा उपलब्ध गराइएको थियो ।

खानेपानी सेवा बिस्तारसँगै विभाग अन्तर्गत २०३४ सालमा तत्कालीन चारै विकास क्षेत्रमा डिजिन कार्यालयहरु स्थापना गरी क्षेत्रीयस्तरसम्म स्थायी संरचनाको विकास गरिएको थियो ।

स्थापना दिवसमा खानेपानी तथा ढल व्यवस्थापन विभागका हालसालै सेवा निवृत्त हुनुभएका कर्मचारीहरु, देशैभरिका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, खानेपानी मन्त्रालयका सहसचिव, विभाग अन्तर्गतका विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशकहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन), राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र खानेपानी तथा ढल व्यवस्थापन विभागका कर्मचारीहरुको उपस्थिति थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार