खानेपानी मन्त्रालयको जिम्मेवारी कृषिमन्त्री परियारलाई

🔗
125
Shares

काठमाडौ : खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन परियारलाई दिइएको छ ।

दुई हप्ताकै बीचमा मन्त्रालयको जिम्मेवारी हेरेफेर गरिएको हो।  यस अघि गत पुस ४ गते मात्र खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री राजेन्द्रसिंह भण्डारीलाई दिईएको थियो।

कृषि मन्त्री डा. परियारलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी गराउनुभयो।

जेन्जी पुस्ताले गरेको आन्दोलन पछि गठित सुशीला कार्कीको सरकारमा  पुस ४ गते अघिसम्म खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्दै आउनु भएको थियो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार