
काठमाडौ : तराईका जिल्लाहरुमा जथाभावी गरिदै आएको डिप बोरिङ कार्यलाई रोक्दै पानीका मुहानको पुनर्जीवन र सामुदायिक पानी सङ्कलन केन्द्र निर्माण गर्ने नेपाली कांग्रेसले जनाएको छ ।
काँग्रेसको चुनावी प्रतिज्ञा पत्रमा जल सञ्चय र पर्वतीय क्षेत्रको संरक्षण मध्य पहाडी तथा चुरे क्षेत्रमा सम्भव स्थानमा पानी सङ्कलन पोखरी निर्माण गर्दै वर्षा र खोलाको पानी व्यवस्थापन गरी बाढी र खडेरीको श्रृंखला तोड्न वैज्ञानिक प्रणाली अपनाउने उल्लेख छ ।
यस्तै वन फँडानी र चुरे दोहन नियन्त्रण गर्दै भू९क्षय रोक्ने, पानी पुनर्भरण र जलसन्तुलन कायम राख्ने काम प्राथमिकतामा दिने उल्लेख छ । प्रतिज्ञापत्रमा जल सञ्चय र पर्वतीय क्षेत्रको संरक्षण मध्य पहाडी तथा चुरे क्षेत्रमा सम्भव स्थानमा पानी सङ्कलन पोखरी निर्माण गर्दै वर्षा र खोलाको पानी व्यवस्थापन गरी बाढी र खडेरीको श्रृंखला तोड्न वैज्ञानिक प्रणाली अपनाउने, जथाभावी डिप बोरिङ रोक्दै पानीका मुहानको पुनर्जीवन र सामुदायिक पानी सङ्कलन केन्द्र निर्माण गर्ने उल्लेख छ ।
काँग्रेसले खानेपानीका स्रोत संरक्षण र पूर्वाधारहरूको निर्माण तथा सञ्चालन सबैभन्दा पहिलो प्राथमिकतामा राख्ने पनि जनाएको छ। जलवायु परिवर्तनको प्रभावले सुक्दै गएका खानेपानी स्रोत लगायतका विषयहरूसँग जुध्न बहुउपयोगी हुने गरी मासिएका पोखरी, ताल तलैया, कुवा, धारो जस्ता स्थानीय स्रोतको संरक्षण गरी पानीको पुर्नभरणलाई अभियानको रूपमा सञ्चालन गर्ने उल्लेख गरेको छ।
नेपालका धेरै बस्तीहरूमा आज पनि घण्टौँ हिँडेर खानेपानी बोक्नुपर्ने पीडादायी अवस्थाले विशेषगरी महिला, बालबालिका र वृद्धको स्वास्थ्य, शिक्षा र समयमाथि गहिरो असर पारिरहेको हुँदा यस्तो असमानता र पीडालाई अन्त्य गर्न पानीको मुहान संरक्षणदेखि शुद्धिकरण, भण्डारण र घरधुरीसम्म वितरण हुने खानेपानी आयोजना उच्च प्राथमिकतामा अघि बढाउने प्रतिज्ञा पत्रमा उल्लेख छ ।

काँग्रेसको प्रतिज्ञापत्र :
Congress manifesto 082 Final

202 पटक हेरिएको 

