
नवलपरासी : बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट ७ को अध्यक्षमा मान बहादुर थापा निर्वाचित हुनु भएको छ । थापाले ५३१ मत प्राप्त गर्दा थापाका प्रतिस्पर्धी राज बहादुर पोखरेल ४८७ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै उपाध्यक्षमा विशाल अधिकारी बिजयी हुनु भएको छ । अधिकारीले ४७० मत र राजेश विश्वकर्मा ४४९ मत प्राप्त गर्नु भएको छ । सचिवमा बन्धुराज पौड्याल निर्बिरोध निर्वाचित हुनु भएको छ ।
सहसचिवमा सरिता सापकोटा बिजयी हुनु भएको छ । सापकोटाले ५२० मत प्राप्त गर्दै चन बहादुर विश्वकर्माले ४०१ मत प्राप्त गर्नु भएको छ । कोषाध्यक्षमा कृष्ण क्षेत्री निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समिती सयोजक रामकृष्ण पौडेलले जानकारी दिनु भयो।
महिला सदस्यतर्फ गंगादेवी भण्डारी, लिला कुमारी थारु, सिता सुवेदी सापकोटा, इन्द्रा सुवेदी र कविता रायमाझि निर्बिरोध निर्वाचित हुनु भएको छ । त्यस्तै खुला सदस्यतर्फ चिरज्जीवी सुवेदी ४६९ मत, विष्णु प्रसाद उपाध्याय ४३३ मत, प्रेम बहादुर बकाल ४४१ मत, हिरा कुमार श्रेष्ठ ४४१ मत, इन्द्र बहादुर खत्री क्षेत्री ४४१ मत ल्याएर बिजयी हुनु भएको छ भने धनश्याम पाण्डे १२८ मत, जिवन कुमार कर्माचार्य ३८४ मत, पिताम्बर प्रसाद थारु चौधरी ४१४ मत, चुन बहादुर क्षेत्री ४२० मत, कृष्ण बहादुर कड़ेल ३१३ मत, लाल प्रकाश बि।क ३०३ मत प्राप्त गर्नु भएको छ ।
यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा नदी केशर शर्मा तथा सदस्यहरूमा यसुदिन मिया र मधु खत्री क्षेत्री निर्बिरोध निर्वाचित हुनु भएको छ ।संस्थाका कुल १,८७० उपभोक्तामध्ये १,१५२ मत खसेकोमा १,१५० मत गणना गरिएको निर्वाचन समितिका सदस्य शोभकान्त कोइरालाले जानकारी दिनु भयो । नवनिर्वाचित समितिले संस्थाको खानेपानी तथा सरसफाई सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने अपेक्षा गरिएको छ।


202 पटक हेरिएको 

