
काठमाडौ : बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा सांसद निशा मेहता खानेपानी र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त हुनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद मेहता सुनसरी इनरूवाका हुनुहुन्छ ।
रास्वपामा स्थापनाकालदेखि नै सक्रिय मेहता २०४४ साल साउन २२ गते इनरूवामा जन्मिनु भएको हो। नव नियुक्त मन्त्री मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गर्नु भएको छ । मेहता यस अघि विराट टिचिङ अस्पतालमा कार्यरत हुनुहुन्थ्यो। प्रतिनिधि सभा सांसद निर्वाचित भएपछि उहाँले उक्त काम छाड्नु भएको हो।
रास्वपा केन्द्रीय सदस्य समेत रहनु भएका मेहता समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएको थियो। दोस्रो प्रयासमा उहाँ समानुपातिकबाटै सांसद बन्नु भएको हो । उहाँको नाम समानुपातिकतर्फ २०७९ को निर्वाचनमा पनि राखेको थियो तर सांसद हुन सक्नु भएको थिएन।


401 पटक हेरिएको 

